हत्या गरेको अभियोगमा खोटाङबाट दुईजना पक्राउ
खोटाङ, भदौ १० : हत्या गरेको अभियोगमा खोटाङबाट दुईजना पक्राउ परेका छन्।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको...
खोटाङ, भदौ १० : हत्या गरेको अभियोगमा खोटाङबाट दुईजना पक्राउ परेका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा दुईजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ।
गिरीराज बुधबार दिउँसो घरबाट निस्की हिँडेकोमा अबेरसम्म घर फर्की नआए पश्चात खोजी गर्ने क्रममा घरबाट करिब २ सय मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएके थियो।
प्रहरी टोलीले अनुसन्धान गर्दा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएपछि घटनामा संलग्नलाई पक्राउ गरिएको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












