Kathmandu Press

चार सामुदायिक विद्यालयलाई स्कुल बस

चितवन, भदौ ९ : कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटबाट दुई...
चार सामुदायिक विद्यालयलाई स्कुल बस

चितवन, भदौ ९ : कालिका नगरपालिकाले नगरभित्र रहेका चार वटा सामुदायिक विद्यालयलाई स्कुल बस प्रदान गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेटबाट दुई वटा र आव २०७७/७८ को बजेटबाट दुई वटा गरी चार वटा सामुदायिक विद्यालयलाई बस प्रदान गरिएको हो। 

सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरभित्रको सामुदायिक विद्यालयमा  बस प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार आव २०७६/७७ को बजेटबाट पृथ्वी माध्यमिक विद्यालय भटेनी र आधारभूत विद्यालय समीपुरलाई एक/एक वटा बस हस्तान्तरण गरिएको हो। आव २०७७/७८ को बजेटबाट शक्तिखोरको चतुर्मुखी माध्यमिक विद्यालय र पद्मपुरको भीमोदय माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको उनले जानकारी दिए।

श्रेष्ठले सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै विद्यार्थीको भविष्य सुनिश्चितताका लागि सेवा थप गरिएको जानकारी दिए। उनले भने, ‘सेवा बढाउँदा शैक्षिक गुणस्तर सुधार हुनैपर्छ।’ शैक्षिक सुधारकै लागि स्कुल बस प्रदान गरिएको भन्दै उनले पहाडी क्षेत्रमा रहेका चेपाङ बालबालिकाको शिक्षामा सहजताका लागि अझै पनि समस्या रहेको बताए। 

चेपाङ बालबालिकाको शिक्षाको सुनिश्चितताका लागि आवासीय विद्यालय निर्माण भइरहेको श्रेष्ठको भनाइ छ। कालिका नगरपालिकामा ३५ सामुदायिक र ११ संस्थागत विद्यालय रहेका छन्।

प्रकाशित मिति: २०:५७ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्