Kathmandu Press

गण्डकी प्रदेशमा एकैदिन १२ संक्रमितको मृत्यु 

काठमाडौं, भदौं ९ : गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १२...
गण्डकी प्रदेशमा एकैदिन १२ संक्रमितको मृत्यु 

काठमाडौं, भदौं ९ : गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ । २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मंगलबार गण्डकीमा ४ जनाको मात्र मृत्यु भएको थियो भने ३७४ संक्रमित थपिएका थिए । बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीमा ७, स्याङजा २, बागलुङ १, तनहुँ १ र पर्वतका १ सहित १२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ ।

Hardik ivf

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५९ जना पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६७६ जनामा गरिएको नमूना परीक्षणमा ४९६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २५२ महिला र २४४ जना पुरुष रहेका छन् ।

केन्द्रका अनुसार कास्की १९८, बागलुङ ५९, स्याङ्जा २८, मुस्ताङ १६, मनाङ १६ म्याग्दी ८, पर्वत २५,गोरखा २१, लमजुङ ४, तनहुँमा २९ र नवलपरासी पूर्वमा ९२ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९ हजार ८९६ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म ७४ हजार २३९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ३८० पुगेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ३९८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्