Kathmandu Press

प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण

विराटनगर, भदौ ९ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ३५५ जनाको पीसीआर...
प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण
Hardik ivf

विराटनगर, भदौ ९ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र एक हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा पाँच, उदयपुरमा चार, सङ्खुवासभामा तीन, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

सो अवधिमा प्रदेशमा आजै ५५४ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:२० बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्