एक थान भरुवा बन्दुकसहित पक्राउ

जाजरकोट, भदौ ९ : जाजरकोटकाे नलगाड नगरपालिका-१० कोठी सल्ला बस्ने ५८ वर्षीय मोहन विकलाई एक थान भरुवा बन्दुकसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उनको गोठमा भरुवा बन्दुक लुकाएर राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:२२ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)