जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके, भदौ ९ : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-७ लखनवा बस्ने ६५ वर्षीय खागा थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत...
बाँके, भदौ ९ : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-७ लखनवा बस्ने ६५ वर्षीय खागा थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत बाँकेको २०७६ असार ११ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ७ दिन कैद ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित मिति: १५:१६ बजे, बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)