Kathmandu Press

घरको तेस्रो तलाबाट खसेर चन्द्रागिरिमा एकको मृत्यु

घरको तेस्रो तलाबाट खसेर चन्द्रागिरिमा एकको मृत्यु

काठमाडौं, भदौ ९ : घरको तेस्रो तलाबाट खसेर चन्द्रागिरीमा एकको मृत्यु  भएको छ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका-१० बस्ने २८ वर्षीय सञ्जीव महर्जनको घरको तीन तला माथिबाट खसेर मंगलबार राति मृत्यु भएको छ। 

सोही ठाउँस्थित मामा नाता पर्ने बिनोद जोशीको घरमा गएको अवस्थामा अचानक खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।      

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्