Kathmandu Press

स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित तीनजना पक्राउ 

काठमाडौं, भदौ ९ : स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित मंगलबार दिउँसो तीनजना पक्राउ गरेका छन्।पक्राउ पर्नेहरूमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा...
स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित तीनजना पक्राउ 

काठमाडौं, भदौ ९ : स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित मंगलबार दिउँसो तीनजना पक्राउ गरेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका-२४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राईभेट लिमिटेडका संचालक रिन्कु भन्ने अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-१३ घर भएका ३६ वर्षीय मधुसूदन त्रिपाठी रहेको प्रहरीले जनाएका छन्। 

Hardik ivf

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पौडेललाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट नगद ३१ लाख रुपैयाँ सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेपछि अग्रवालको उक्त लिमिटेडमा तलासी गर्दा थप ५४ लाख ५६ हजार रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।  

उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुलचोक पठाइएको सो वृत्तले जनाएको छ। 

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, भदौ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्