Kathmandu Press

भारतीय पूर्वरक्षामन्त्री जर्ज फर्नाडिसको निधन

काठमाडौं, माघ १५ : भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नाडिसको मंगलबार बिहान ८८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि विरामी रहेका फर्नाडिसल....

भारतीय पूर्वरक्षामन्त्री जर्ज फर्नाडिसको निधन
एजेन्सी

काठमाडौं, माघ १५ : भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नाडिसको मंगलबार बिहान ८८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि विरामी रहेका फर्नाडिसलाई केही दिन अघि स्वाइन फ्लु भएको थियो । त्यसकै उपचारका क्रममा मंगलबार बिहान निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

Hardik ivf

उनी लामो समयदेखि उनी अल्जाइमर्सबाट पनि पीडित थिए । उनको बुधबार अन्तिम संस्कार गरिने जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेताहरुले फर्नाडिसको निधनमा शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले भनेका छन, ‘जर्ज साहेब भारतका सर्वश्रेष्ठ राजनेताको प्रतिनिधित्व गर्छन् । उनी निडर र दूरदर्शी थिए । म जब उनका बारेमा सोच्छु, तब एक साहसी ट्रेड यूनियन नेताका रुपमा देख्छु ।’

३ जुन, १९३० मा जन्मिएका फर्नाडिस भातरीय टे«ड यूनियनका नेता थिए । उनी पत्रकार पनि हुन् । मैंगलोर, कर्नाटकका बासिन्दा फर्नाडिसलाई पादरीको प्रशिक्षण लिनका लागि परिवारजनले बेंगलोर पठाएका थिए ।

उनले बम्बैमा हडतालको अगुवाइ गरेका थिए । उनी कांग्रेसका एसके पाटिललाई हराएर पहिलो पटक सन् १९६७ मा सांसद बनेका थिए । सन् १९७५ मा उनी मुजफ्फरपुरबाट जिते फेरी सांसद बनेका थिए । उनी रेलमन्त्री तथा रक्षामन्त्री बनेका थिए ।

प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, माघ १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्