Kathmandu Press

हिमालयन बैंकको एक अर्ब २० करोडको ऋणपत्र निष्कासन

काठमाडौं, साउन २ : हिमालयन बैंकले आजदेखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ।

बैंकले १० प्रतिशत व्याजदरमा &l....

हिमालयन बैंकको एक अर्ब २० करोडको ऋणपत्र निष्कासन

काठमाडौं, साउन २ : हिमालयन बैंकले आजदेखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ।

बैंकले १० प्रतिशत व्याजदरमा ‘हिमालयन बैंक डिबेन्चर २०८३’ निष्कासन गरेको हो। छिटोमा साउन ६ गतेसम्म निष्कासन गर्न सकिने छ । भने ढिलोमा साउन ३१ गतेसम्म निष्कासन गर्ने छ।

ऋणपत्रमा आवेदन आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिनेछ। सर्वसाधारणले प्रति डिवेन्चर एक हजाररुपैयाँको दरमा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन्।

बैंकको हालको चुक्ता पूँजी आठ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ।

पूँजीकोष अनुपात व्यवस्थापनको लागि पनि कम्पनीले ऋणपत्र निष्कासन गर्न लागेको हो। पछिल्लो समय बाणिज्य बैंकले दीर्घकालीन पूँजीकोष व्यवस्थापनका लागि ऋणपत्र निष्कासन गर्न थालेका हुन्।

नियम अनुसार बैंकहरूले जम्मा निष्कासनको ४० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नुपर्ने हुन्छ।

 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, साउन २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्