Kathmandu Press

गायक प्रमोद खरेल कचनकबलको सद्भावना दूत

झापा, साउन २ : गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ।

देशको सबैभन्दा होचो स्थानमा रहेको कचनकबल गाउँपाल....

गायक प्रमोद खरेल कचनकबलको सद्भावना दूत

झापा, साउन २ : गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ।

देशको सबैभन्दा होचो स्थानमा रहेको कचनकबल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा सघाउन पुर्‍याउने उद्देश्यले गायक खरेललाई सद्भावना दूत नियुक्त गरेको हो। उनी कचनकबलमै जन्मेका गायक भएकाले सद्भावना दूत नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए।

कचनकबलमा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ। त्यस्तै, सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ।

त्यस्तै, बनियानी स्वास्थ्य केन्द्रमा मिर्गौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न एक करोड बजेटको व्यवस्था गरिएको अध्यक्ष आलमले बताए।

प्रकाशित मिति: १०:५३ बजे, बिहीबार, साउन २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्