Kathmandu Press

अल्का अस्पतालको सिइओमा थापा नियुक्त

ललितपुर, साउन १ : ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा.लि. को प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा दिलिप थापा नियुक्त भएका छन्। 

अल....

अल्का अस्पतालको सिइओमा थापा नियुक्त

ललितपुर, साउन १ : ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा.लि. को प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा दिलिप थापा नियुक्त भएका छन्। 

अल्का अस्पतालको बोर्ड बैठकले थापालाई सिइओमा नियुक्त गरेको हो। थापाले साउन १ गतेबाट कार्याभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै थापाले अल्का अस्पताललाई नमुना अस्पतालको रुपमा विकसित गर्ने बताए। 

Hardik ivf

अल्का अस्पतालले अहिले मधुमेह तथा थाइराइड, बाल रोग, गाइनोकोलोजी, युरोलोजी,न्युरो फिजिसियन तथा सर्जरी, ग्यास्ट्रोलोजी, कलेजोरोग विशेषज्ञ, आइभिएफ, बाथ रोग विशेषज्ञ, ब्लड क्यान्सर, मुटु रोग विशेषज्ञ, छाति रोग विशेषज्ञ, नाक कान घाँटी रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञबाट सेवा दिइरहेको छ। 

त्यस्तै जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग, मानसिक रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, सर्जरी, छाला तथा यौन रोग, डायालासिस विशेषज्ञबाट सेवा दिनुका साथै चौबिसै घन्टा सेवा प्रदान गरिरहेको छ। 

साथै अस्पतालको अन्र्तराष्ट्रिय स्तरको ल्याव छ।  अस्पतालले सिटी क्यान, इन्डोन्स्कोपी, अल्ट्रासाउन्ड, लिथोट्रेप्सी ( विना अप्रेसन स्टोन फुटाएर निकाल्ने ) सेवा दिइरहेको छ भने लेजर पद्धतिबाट कस्मेटिक उपचार गर्दै आइरहेको छ भने अस्पतालमा ल्याप्प्रोस्कोपिक सेवा उपलब्ध छ। 

प्रकाशित मिति: १९:२० बजे, बुधबार, साउन १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्