Kathmandu Press

बनेपाको गाईजात्रा : यसपाली परम्परामै सीमित

काभ्रेपलाञ्चोक, भदौ ७ : एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व दुई ठूला सहरमा नेवार समुदायद्वारा मनाईंदैछ। विशेषगरी सदरमुकाम धुलिखेल...
बनेपाको गाईजात्रा : यसपाली परम्परामै सीमित

काभ्रेपलाञ्चोक, भदौ ७ : एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व दुई ठूला सहरमा नेवार समुदायद्वारा मनाईंदैछ। विशेषगरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाका दिन अर्थात् आज मनाईंदैछ। 

जिल्लामा यस पर्वलाई स्वास्थ्य–सुरक्षाका कारण परम्परामा सीमितता दिइएको छ। दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई सिँगारी बजार परिक्रमा गराएर मनाईंदैछ। कोरोना भाइरस् सङ्क्रमणका कारण भिडभाड नगर्न स्थानीय प्रशासनले आदेश जारी गरेका कारण नेवारी संस्कृतिको परम्परालाई सीमितता दिएको पाइएको हो। 

Hardik ivf

‘धेरै भिडभाड नगरी संस्कृति–पराम्परा जोगाएका छौँ,’ बनेपाका गौतम मानन्धरले भने। उनका अनुसार प्रशासनको निषेधाज्ञाका कारण परिवारबाहेक नातेदारलाई सहभागी गराइएको छैन। वाग्मती प्रदेश सरकारले गाईजात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ। 

केही वर्षअघिसम्म बनेपा र धुलिखेलमा मल्लकालीन नेवारी सस्ंकृति धुमधामका साथ मनाईंने गरिएको साहित्यकार मोहन दुवाल बताउँछन्। उनका अनुसार भक्तपुरको गाईजात्रा संस्कृति–मौलिकतालाई यहाँका नेवार समुदायले अनुशरण गर्दै नाटक, व्यङ्ग–प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएका हुन्। ‘स्वास्थ्य–सुरक्षाका कारण परम्परालाई यसपाली सीमितता दिलाउनु बाध्यता बन्यो,’ उनले भने। उनका अनुसार मल्लकालीन अवस्थामा गाईजात्रा पर्व भक्तपुरबाट सयौँ वर्षअघि सुरुआत गरिएको हो। 

बनेपा र धुलिखेलका केही नेवार समुदायका परिवारले गाई र मानिसलाई सिँगारी नगर परिक्रम गराएका छन् भने केहीले मुकुण्डो, जात्राको पोशाक लगाई विभिन्न बाद्यबाधन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गरेका छन्। परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने गर्छन्। नगर परिक्रमा गर्दा वर्षभरी मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ। 

‘विशेष गरी पितृमोक्षका रुपमा यस पर्वलाई स्थापित गराइएको छ,’ बनेपाका इतिहासविद् ज्ञानकाजी मानन्धनरले भने। राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ। यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइएको जनश्रृति रहेको छ।

सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ। विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा यहाँ पनि मनाइँदै आइएको हो। पछिल्ला केही वर्षदेखि जिल्लाको पाँचखाल, नाला र साँगामासमेत जात्रा मनाउने गरिएको छ। ‘क्वाटी पूर्णिमा’को उपमा दिइने यो जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने गरिन्छ। जनैपूर्णिमा र गाईजात्राका दुई दिन क्वाटी खाने प्रचलन छ। रासस
 

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्