६ महिनामा झण्डै ६ लाख विदेशी पर्यटक नेपाल भित्रिए, आउने सबैभन्दा धेरै भारतीय
काठमाडौं, साउन १ : सन् २०१९ को ६ महिनामा पाँच लाख ८५ हजार ५ सय ३१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन गत सन् २०१८ को पहिलो ६ महिनामा भन्दा....

काठमाडौं, साउन १ : सन् २०१९ को ६ महिनामा पाँच लाख ८५ हजार ५ सय ३१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन गत सन् २०१८ को पहिलो ६ महिनामा भन्दा १२.६० प्रतिशतले बढी हो।
नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सबैभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्। ६ महिनामा दक्षिण एसियाली मुलुकबाट एक लाख ४४ हजार ९ सय ५७ विदेशी पर्यटक नेपाल आएका छन्। गत वर्ष एक लाख ३१ हजार ७ सय ३० पर्यटक मात्रै नेपाल आएका थिए। जुन संख्या २४.८ प्रतिशत बढी हो।
त्यस्तै, अन्य एसियाली मुलुकबाट ६ महिनामा एक लाख ७४ हजार २७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन गत वर्ष भन्दा २९.७ प्रतिशतले बढी हो।
युरोपबाट एक लाख ४ हजार ७ सय ८३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो गत वर्ष भन्दा १७.९ प्रतिशतले बढी हो। त्यस्तैगरी, अष्ट्रेलिया तथा न्यूजिल्यान्डबाट १८ हजार ७ सय ९० पर्यटक ६ महिनामा नेपाल आएका छन्।
अमेरिकन मुलुकबाट ५७ हजार ३ सय ५४ पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्षभन्दा ३.२ प्रतिशतले बढी हो।
नेपाल आउने सबैभन्दा धेरै भारतीय पर्यटक
६ महिनामा एक लाख ३ हजार ४ सय ६१ भारतीय पर्यटक नेपाल आएका छन्। गत वर्ष ६ महिनामा ९६ हजार ३ सय ७२ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए।
त्यस्तैगरी, चीनबाट यो ६ महिनाको अवधिमा ८५ हजार ३ सय १८ पर्यटन नेपाल आएका छन्। गत वर्ष ७१ हजार ३ सय ७९ चिनियाँले नेपाल भ्रमण गरेका थिए।
त्यसैगरी, तेस्रो धेरै आउने पर्यटकमा अमेरिकनहरु रहेका छन्। यस वर्षको ६ महिनामा ४८ हजार २ सय १ अमेरिकन पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ। गत वर्ष यही अवधीमा ४३ हजार ८ सय १६ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
बेलयतबाट ६ महिनामा २८ हजार ९ सय ५१ जनाले नेपाल भ्रमण गरेका छन्। गत वर्ष २७ हजार ७ सय ९२ पर्यटकले नेपाल भ्रमण गरेका थिए। धेरै पर्यटक आउने सूचीको पाँचौ नम्बरमा रहेको श्रीलंककाबाट २८ हजार ७ सय ९० पर्यटक नेपाल आएका छन्। गत वर्ष १८ हजार ८ सय ९० पर्यटकले नेपाल भ्रमण गरेका थिए।










-1754206481.jpg)
