Kathmandu Press

प्रदेश १ मा ५३४ सङ्क्रमित थपिए

विराटनगर, भदौ ६ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा  ५३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। जसमा एक हजार...
प्रदेश १ मा ५३४ सङ्क्रमित थपिए
Hardik ivf

विराटनगर, भदौ ६ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा  ५३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। जसमा एक हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा एक सय ४३, मोरङमा ११२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, सङ्खुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा एक–एक र प्रदेशबाहिरका छजनामा सङ्क्रमण देखिएको हो।

सो अवधिमा प्रदेशमा आजै ३६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र २०५ पुरुष छन्। यसै अवधिमा तीन महिलासहित छजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०:०९ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्