गण्डकी प्रदेशमा थपिए २८८ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु
काठमाडौं, भदौं ६ : गण्डकी प्रदेशमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९८१ जनामा गरिएको नमूना...काठमाडौं, भदौं ६ : गण्डकी प्रदेशमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९८१ जनामा गरिएको नमूना परिक्षणमा २८८ जनामा संक्रमण देखिएको हो।
प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार कास्की १७५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ३१, गोरखा १७, लमजुङ ९ तनहुँमा २५ र नवलपुरमा ८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८ हजार ७५७ पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा चार जना, स्याङ्जाका दुइ जना र तनहुँ र म्याग्दीका एक एक जना रहेका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३९ जना पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म ७२ हजार ५११ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६७८ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९६७ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।