Kathmandu Press

चार सय महिला बेचेको आरोप लागेका वडाध्यक्ष सुनबहादुरलाई उच्च अदालतको सफाइ

काठमाडौं, साउन १ : चार सयभन्दा बढी महिलालाई भारत लगेर बेचेको आरोपमा नुवाकोट जिल्ला अदालतले ३७ वर्ष कैद सजाय सुनाएका सुनबहादुर तामाङलाई उच्च अदालत पाटन....

चार सय महिला बेचेको आरोप लागेका वडाध्यक्ष सुनबहादुरलाई उच्च अदालतको सफाइ

काठमाडौं, साउन १ : चार सयभन्दा बढी महिलालाई भारत लगेर बेचेको आरोपमा नुवाकोट जिल्ला अदालतले ३७ वर्ष कैद सजाय सुनाएका सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुरमाथि नेपालका चार सयभन्दा बढी महिलालाई भारत लगेर बेचेको आरोप लागेको थियो। भारतको नयाँ दिल्ली, पुना, कलकत्ता र मुम्बईका कोठीमा विक्री गरेको प्रहरीको दाबी थियो।

नुवाकोट जिल्ला अदालतमा परेको मुद्दामा न्यायाधीश लोकजंग शाहको एकल इजालसले ३७ वर्ष ६ महिना कैद र दुई लाख ५० हजार जरिवानाको फैसला गरेको थियो।जिल्ला अदालतको फैसलाविरूद्ध उनी पाटन उच्च अदालत पुगेका थिए।

बुधबार  पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालत नुवाकोटको फैसलालाई उल्टाएको हो।

उच्च अदालतको फैसलामा भनिएको छ, ‘प्रतिवादी सुनबहादुर तामाङलाई कसुरदार कायम गरी सजाय गर्ने गरेको सुरू नुवाकोट जिल्ला अदालतको उक्त मिति २०७४/१२/०७ को फैसला सो हदसम्म मिलेको नदेखिँदा केही उल्टी भई जाहेरवालीलाई सजाय नहुने र प्रतिवादी सुनबहादुर तामाङले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ।’

उनलाई रिहा गर्न डिल्लीबजार कारागारलाई पत्रचार पनि गरेको छ। पत्रमा अदालतको आदेश अनुसार, सफाइ पाएकाले थुनामुक्त गरी जानकारी पठाउन उल्लेख गरिएको छ।

 

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, साउन १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्