Kathmandu Press

करेन्ट लागेर बाजुरामा एकजनाको मृत्यु

करेन्ट लागेर बाजुरामा एकजनाको मृत्यु

बाजुरा, भदौ ६ : करेन्ट लागेर बाजुरामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका-१ पिलुचौर बस्ने ५० वर्षीय पूर्णबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ।

सोही ठाउँस्थित बड्डीगाड जलबिद्युत आयोजनाको पावर हाउसमा जम्पर हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बाजुरा सामुदायिक हस्पिटल पिलुचौरतर्फ लैजाने क्रममा शनिबार राति बाटोमै मृत्यु भएको हो।

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्