बूढानीलकण्ठका ६९ यूवाले गरे रक्तदान
काठमाडौं, भदौ ५ : बूढानीलकण्ठ नगरपालिकास्थित गिरिजा प्रसाद कोइराला फाउन्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन्। वडा नं १३ को नौलिन...
काठमाडौं, भदौ ५ : बूढानीलकण्ठ नगरपालिकास्थित गिरिजा प्रसाद कोइराला फाउन्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन्।
वडा नं १३ को नौलिन भद्रकाली मन्दिर परिसरमा आज आयोजित कार्यक्रम बिहान ८ देखि १० बजेसम्म चलेको थियो।
पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाको उपस्थितिमा भएको रक्तदान कार्यक्रमा युवाहरूको सक्रिय सभागिता रहेको थियो। कार्यक्रममा नेता थापाले फाउण्डेसनले समाजसेवाको क्षेत्रमा गरेको योगदान मुल्यांकनयोग्य भएको बताएका थिए।
कोभिड महामारीको समया रक्त अभावको कारण कसैको ज्यान जोखिममा नपरोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको कार्यक्रमका सभापति बिजेन्द्र श्रेष्ठले बताए।
प्रकाशित मिति: १९:३७ बजे, शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












