Kathmandu Press

मुम्बईमा घर भत्किदा १४ को मृत्यु

मुम्बई, साउन १ : भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ।

भारतीय मिडियाका अनुसार, भवन भत्किँदा नौ जना ....

मुम्बईमा घर भत्किदा १४ को मृत्यु
एजेन्सी

मुम्बई, साउन १ : भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको छ।

भारतीय मिडियाका अनुसार, भवन भत्किँदा नौ जना घाइते भएका छन्।

भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी भइरहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ।

हिजो बिहान ११ बजे भवन भत्किँएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्।

स्थानीय महानगरले भवनलाई सन् २०१७ मा तत्काल भत्काउने गरी ग वर्गमा वर्गीकरण गरेको थियो।

मुम्बईमा पुराना भवनहरु भत्किएर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, साउन १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्