Kathmandu Press

महानगरपालिकामा अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रिया शुरु

महानगरपालिकामा अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रिया शुरु

काठमाडौं, भदौं ४ : भरतपुर महानगरपालिकाले भवन निर्माणका लागि घरनक्सा सफ्टवेयर मार्फत काम सुरु गरेको छ । सफ्टवेयरको आज एक समारोहका बीच उद्घाटन गरिएको हो ।

अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल सुभारम्भ कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका–९ की सुस्मा केसीलाई १५ दिने सूचना हस्तानतरण गर्दै यसको सुभारम्भ गरिन् । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा बनेको सफ्टवेयरबाट सेवा सुरु गरिएको हो । सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनीयरले बनाएको घर नक्साको डिजाइन अनलाइन मार्फत नक्सा शाखामा पठाउन सक्ने छन् ।

Hardik ivf

यसरी आएका निवेदन अनलाइन मार्फतनै स्वीकृत गरिने छ । आवश्यक कागजपत्र अपुग भएमा पुनः अनलाइन मार्फतनै ती कागजपत्र माग गरिने छ । आवश्यक कागजपत्र पुगिसकेपछि घर धनीलाई सूचना समेत अनलाइन मार्फत नै दिइने छ । सफ्टवेयरबाट ललितपुर र काठमाडौँ महानगरपालिकासँगै बुटवल उपमहानगरपालिकामा यो काम सुरु भइसकेको छ । परामर्श दाताले पठाएका आवश्यक सामग्रीहरूलाई अनलाइनबाटै हेरेर प्रमाणित गर्ने काम हुने छ ।

महानगरका सहरी तथा  पूर्वाधार महाशाखाका प्रमुख रत्नप्रसाद लामिछानेका अनुसार घर निर्माणका लागि आवश्यक अनुमति दिने कामसम्म यहाँबाट गर्न सकिने छ । अनलाइनमार्फत काम हुने भएकाले घरमानै बसेर आएका कागजपत्रहरू हेर्न सकिने भएकाले सेवाग्राहीले छिटो सुविधा लिनसक्ने उहाँले जानकारी दिए । समाजका सुमन प्रधानले प्रविधिको प्रयोगले कर्मचारीलाई जिम्मेवार बनाउने बताउनुभयो । निर्माणाधीन घरहरूको अनुगमन, प्रविधिको प्रयोगले सेवाग्राही कार्यालयमा आइराख्नु पर्ने झन्झट हट्ने उनको भनाइ छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माण र अनुगमनका लागि यो प्रविधि महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

डिजिटल हस्ताक्षरलाई सरकारले मान्यता नदिएका कारण अन्तिम चरणमा भने सक्कल कागजातनै  प्रयोग गर्नुपर्ने उनको भनाइ छ । यस पोर्टलमा आवश्यक सम्पूर्ण विवरण सुरक्षित रहने गरी काम गरिएको छ । महानगरपालिकाले गत माघ महिनामा गरेको सहमतिअनुसार अहिले काम भएको हो । भरतपुर महानगरपालिकामा हालसम्म ६० प्रतिशत घरहरू मापदण्डअनुसार बनेको कार्यालयले जनाएको छ ।

अहिले ७० हजार घरधुरी मापदण्डमा रहेको र अन्यलाई मापदण्डमा ल्याउन सहज हुने विश्वास व्यक्त गरिएको छ । अभिलेखीकरण र नियमन गर्नका लागि सहज बन्ने गरी प्रविधिको प्रयोग गरिएको हो । महानगर प्रमुख दाहालले दुई वर्षदेखिको योजना सफल भएको बताए । अहिले अनलाइनबाट सेवा सञ्चालन गरेर कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । अनलाइन मार्फत सेवा सुरु गर्दा महानगरको स्मार्ट सिटीको अवधारणालाई सहयोग पुग्ने बताए ।

उक्त अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठलगायतले घर नक्सा सफ्टवेयरको महत्वको बारेमा जानकारी गराए । 

प्रकाशित मिति: १९:३१ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्