Kathmandu Press

‘कस्तो माया’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडाैं, असार ३१ : प्रदर्शनरत फिल्म ‘सानो मन’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ। ‘कस्तो माया...?’ बोलको गीतमा निकिता ....

‘कस्तो माया’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडाैं, असार ३१ : प्रदर्शनरत फिल्म ‘सानो मन’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ। ‘कस्तो माया...?’ बोलको गीतमा निकिता थापाको एकल गायन छ भने सुयोग सोताङ्गले शब्द तथा संगीत सृजेका छन्। फिल्ममा गायिकाको भूमिका निभाएकी अभिनेत्री शिल्पा मास्के सार्वजनिक गीतको भिडियोमा फिचर्ड छिन्।

फिल्मका अभिनेता आयुष्मान देशराज जोशीसँग विताएका पल सम्झिएर भावुक हुँदै उनी स्टेजमा आफ्नो प्रस्तुति दिँदै देखिएकी छन्। फिल्ममा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको छ। शुक्रबारबाट प्रदर्शनमा आएको ‘सानो मन’ ले हलमा अपेक्षाकृत व्यापार गर्न नसकेपनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ।

Hardik ivf

फिल्म हेर्ने दर्शकले कलाकारको अभिनय र निर्देशकको कामको प्रशंसा गरेका छन्। निर्देशक सुयोग गुरुङ्ग दर्शकले रुचाउनु नै फिल्मको सफलता मान्छन्। फिल्मको ‘वर्ड अफ माउथ’ निकै राम्रो रहेको उनको भनाइ छ। 

आयुष्मान र शिल्पाका अलावा फिल्ममा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा युवाहरुको मनोविज्ञानलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ। 
 
आलोक शुक्लाको डि.ओ.पि. रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ। ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन्।

रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यमप्रसाद ओली हुन्।

भिडियो हेर्नुस्: 

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्