Kathmandu Press

नक्कली नोटसहित दुईजना पक्राउ

सुनसरी, भदौ ४ : देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार बिहान...
नक्कली नोटसहित दुईजना पक्राउ

सुनसरी, भदौ ४ : देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन्। बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्