Kathmandu Press

सञ्चालनमा आयो भोटखोला जोड्ने कोसी राजमार्ग

किमाथाङ्का, भदौ ४ :  सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोसी राजमार्ग सुचारु भएको छ। सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गतको मकालु...
सञ्चालनमा आयो भोटखोला जोड्ने कोसी राजमार्ग

किमाथाङ्का, भदौ ४ :  सुक्खा पहिरो खसेर अवरुद्ध भएको उत्तर दक्षिण कोसी राजमार्ग सुचारु भएको छ। सङ्खखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक मंगलबार रातिदेखि अवरुद्ध भएको थियो।

उत्तर दक्षिण कोशी सडक कार्यालयको डोजर, अरुण तेस्रो र प्रहरीको सहयोगमा भोटखोला जोड्ने कोशी राजमार्ग आज विहानदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।

सो राजमार्ग अवरुद्ध हुँदा मकालुका केही वडा र भोटखोला गाउँपालिकासँगको सम्पर्क टुटेको थियो। मकालु–३ का हेदाङनामा रोकिएका दर्जनौँ सवारीसाधन अहिले आआफ्नो गन्तव्यतिर लागेको मकालु–३ स्थानीय हित कार्कीले जानकारी दिए।

सो क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडक खण्ड अवरुद्ध हुने गरेको छ।

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्