कञ्चनपुरको भीमदत्तमा शिक्षक र प्रहरीबीच झडप, १२ जना घाइते
कञ्चनपुर, भदौ ४ : कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा ढुंगामुढासमेत भएको बताइएको छ ।दरबन्दी...
कञ्चनपुर, भदौ ४ : कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा ढुंगामुढासमेत भएको बताइएको छ ।
दरबन्दी मिलानलगायत विभिन्न माग राखेर कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा शिक्षकले राखेको धर्ना कार्यक्रममा शुक्रबार प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।
कार्यविधि मिचेर विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको भन्दै नेपाल शिक्षक सङ्घ कञ्चनपुरले धर्ना कार्यक्रम आयोजना गरेको हो।
झडपमा परी १२ जना सामान्य घाइते भएको जनाइएको छ। घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको शिक्षक संघले जनाएको छ।
संघले नगरपालिकाको शिक्षा शाखामा साउन ३ गतेदेखि नै तालाबन्दी गरेर थालेको आन्दोलन जारी छ।
शिक्षा शाखाको असार ३१ गते शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि त्यसमा मनपरी भएको भन्दै शिक्षकहरु आन्दोलित भएका थिए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)