स्कुटर दुर्घटना हुँदा बुटवलमा एकजनाको मृत्यु
रुपन्देही, भदौ ३ : स्कुटर दुर्घटनामा परी बुटवलमा एकजनाको मृत्यु भएको छ।बुटवल उपमहानगरपालिका-२ पाखापानीस्थित सडकमा लु१७प १७२६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई बुधबार...
रुपन्देही, भदौ ३ : स्कुटर दुर्घटनामा परी बुटवलमा एकजनाको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका-२ पाखापानीस्थित सडकमा लु१७प १७२६ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा स्कुटरमा सवार कैलाली सोखा नगरपालिका-८ मुल गंगा बस्ने ३५ वर्षीय रन्जित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक कञ्चन गाउँपालिका-४ हरैया बस्ने २४ वर्षीय बिकास बिकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मर्स सिटी अस्पताल बुटवल पठाइएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)