Kathmandu Press

भन्सार छली लैजाँदै गरेको केराउ बरामद 

बर्दिया, भदौ ३ : भन्सार छली लैजाँदै गरेको केराउ बरामद गरिएको छ।गुलरिया नगरपालिका-१० स्थित मिलनजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख...
भन्सार छली लैजाँदै गरेको केराउ बरामद 

बर्दिया, भदौ ३ : भन्सार छली लैजाँदै गरेको केराउ बरामद गरिएको छ।

गुलरिया नगरपालिका-१० स्थित मिलनजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १६८.७५ क्विन्टल केराउ गएराति प्रहरीले बरामद गरेको हो। 

Hardik ivf

भन्सार छली अवैध रुपमा केराउ भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीलाई देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएपछि प्रहरीले उक्त केराउ र आठ थान साइकल बरामद गरेको हो। 

बरामद भएको केराउ र साईकल कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्