Kathmandu Press

एकनाले भरुवा बन्दुक र सिसाको गोलीसहित एकजना पक्राउ

नवलपरासी (पूर्व), भदौ ३ : एकनाले भरुवा बन्दुक र सिसाको गोलीसहित बुधबार दिउँसो एकजना पक्राउ परेका छन्।मध्यबिन्दु नगरपालिका-१० अधेरी खोलास्थित सडकबाट एक थान...
एकनाले भरुवा बन्दुक र सिसाको गोलीसहित एकजना पक्राउ

नवलपरासी (पूर्व), भदौ ३ : एकनाले भरुवा बन्दुक र सिसाको गोलीसहित बुधबार दिउँसो एकजना पक्राउ परेका छन्।

मध्यबिन्दु नगरपालिका-१० अधेरी खोलास्थित सडकबाट एक थान एकनाले भरुवा बन्दुक, १८ थान शिशाको गोली, ५४ ग्राम बारुद र १६ थान पटका सहित उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही नगरपालिका पोखरीताल बस्ने ४२ वर्षीय दल बहादुर थापा रहेको प्रहरीले जनाएको छ। 

लु२८प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो।   

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्