Kathmandu Press

तीन फरार प्रतिवादी पक्राउ

तीन फरार प्रतिवादी पक्राउ

बागमती, भदौ ३ : जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ। 

पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की, चेक अनादर मुद्दामा एक महिना कैद र रु तीन हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन्। 

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्