Kathmandu Press

एनआइसी एसिया क्यापिटलको साढे १२ करोडको म्युचुअल फन्ड आउँदै

काठमाडौं, असार ३१ : एनआइसी एसिया क्यापिटलले साउन ८ गतेबाट म्युचुअल फन्ड (एकाईहरू) निष्काशन गर्ने भएको छ। कम्पनीले छिटोमा साउन १२ र ढिलोमा भदौ ५ गतेसम्....

एनआइसी एसिया क्यापिटलको साढे १२ करोडको म्युचुअल फन्ड आउँदै

काठमाडौं, असार ३१ : एनआइसी एसिया क्यापिटलले साउन ८ गतेबाट म्युचुअल फन्ड (एकाईहरू) निष्काशन गर्ने भएको छ। कम्पनीले छिटोमा साउन १२ र ढिलोमा भदौ ५ गतेसम्म म्युचुअल फन्ड जारी गर्न लागेको हो।

प्रति एकाई १० रुपैयाँका दरले जारी गर्न लागेको जाएको छ। कम्तिमा एक सय र बढीमा एक करोड ७५ लाख एकाईका लागि आवेदन दिन सकिने छ। यसलाई एनआइसी एसिया बैंक म्युचुअल फन्ड नाम दिइएको छ।

कम्पनीले १२ करोड ५० लाख एकाई जारी गर्न लागेको हो। यसमध्ये १५ प्रतिशत एनआइसी एसिया बैंकलाई, १४ प्रतिशत एकाई ब्यवस्थापक एनआइसी क्यापिटललाई सुरक्षित गरिएको छ।

सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार एकाईमा दाबी गर्न पाउने छन्। बन्दमूखी एकाईहरूको अवधि १० वर्ष तोकिएको छ।

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, असार ३१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्