Kathmandu Press

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकः प्रदेश यातायातमा भाडा समायोजन गर्ने निर्णय

काठमाडौं, भदौ २ : बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज साँझ बसेको विशेष बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा...
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकः प्रदेश यातायातमा भाडा समायोजन गर्ने निर्णय

काठमाडौं, भदौ २ : बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज साँझ बसेको विशेष बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु–व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहेको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने यातायात तर्फको भाडा समायोजन गर्ने र भाडामा सवारी साधनले अनियमित तरिकाले असुली गरेको गुनासो आएको हुँदा उनीहरुलाई अनुगमन गरी तत्काल कारबाहीका लागि मन्त्रालयका सचिवलाई निर्देशन दिइएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले उल्लेख गरे ।

उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने क्रममा श्रमको ज्याला, मोटरको पार्टपुर्जाको विषयमा मूल्य निर्धारण गर्ने र मजदूरलाई उचित दुर्घटना बीमा र क्षतिपूर्ति भराउनेतर्फ पनि प्रदेश यातायात निर्देशनालयलाई निर्देश गरिएको स्पष्ट पारे । 

प्रकाशित मिति: २०:४९ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्