Kathmandu Press

गण्डकी प्रदेशमा ५४५ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप ४ जनाको मृत्यु

गण्डकी प्रदेशमा ५४५ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप ४ जनाको मृत्यु

काठमाडौं, भदौं १ : गण्डकी प्रदेशमा थप ५४५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा गरिएको नमुना परीक्षणमा ५४५ जनामा सङ्क्रमण देखिएको हो।

सङ्क्रमित मध्ये २७९ महिला र २६६ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा र कम पर्वतमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ । उनका अनुसार कास्की २६९ बागलुङ २४, स्याङ्जा ६७, म्याग्दी १२, पर्वत २, गोरखा ५४, लमजुङ १८, तनहुँमा ५६ र नवलपुरमा ४३ जनामा सङ्क्रमण देखिएको हो ।

Hardik ivf

यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार ८८७ पुगेको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २०६ जना पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म ६९ हजार ६६० जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेशमा आइतबार मात्र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६८८ रहेको छ । गण्डकीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार २१ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

प्रकाशित मिति: १९:०४ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्