Kathmandu Press

करणी गरेको अभियोगमा एक पक्राउ 

करणी गरेको अभियोगमा एक पक्राउ 

कपिलवस्तु, भदौ १ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डे रहेका छन्।

थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, भदौ १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्