Kathmandu Press

जनजाति फिल्म अवार्डको घोषणा

काठमाडौं, असार ३० : नेपालमा पहिलोपटक जनजाति फिल्म एवं संगीत अवार्ड हुने भएको छ।

सोमबार पत्रकार सम्मेलन गरि हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ ....

जनजाति फिल्म अवार्डको घोषणा

काठमाडौं, असार ३० : नेपालमा पहिलोपटक जनजाति फिल्म एवं संगीत अवार्ड हुने भएको छ।

सोमबार पत्रकार सम्मेलन गरि हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ फिल्म एन्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्न लागेको जानकारी दिएको छ।

आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड समारोह हुने हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले बताए।

२०७३ देखि २०७५ सम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन्। यो तीन वर्षको अवधिमा निर्माण भएका ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने जनाएको छ।

फिल्मतर्फ १६ र संगीततर्फ ११ विधा राखिएको छ। घोषणा समारोहमा बोल्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले जनजाति फिल्मको अन्तर्राष्ट्रियकरण र बजार अभिवृद्धिका लागि अवार्ड कोशेढुंगा सावित हुने बताए।

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्