Kathmandu Press

विभिन्न मुद्दाका दुई फरार प्रतिवादी पक्राउ   

तनहुँ, साउन ३२ : लागूऔषध मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका–४ अश्राङ बस्ने २९ वर्षीय राजु आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदलात तनहुँको...
विभिन्न मुद्दाका दुई फरार प्रतिवादी पक्राउ   

तनहुँ, साउन ३२ : लागूऔषध मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका–४ अश्राङ बस्ने २९ वर्षीय राजु आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदलात तनहुँको २०७६ जेठ २६ गतेको फैसलाले लागूऔषध मुद्दामा ९ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

यसैगरी वन सम्बन्धीरकाठ चोरी मुद्दाका फरार प्रतिवादी तनहुँको आबुँखैरेनी गाउँपालिका(४ खस्राङ बस्ने ५८ वर्षीय नन्द बहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत तनहुँको २०५४ पुस २४ गते र २०७० भदौ १९ गतेको फैसलाले वन सम्बन्धीरकाठ चोरी मुद्दामा १ वर्ष १ महिना कैद र ४७ हजार ६ सय ५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँ दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्