बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० बेपत्ता (अपडेट)
काठमाडौं, असार ३० : पाचँ दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ। प्रहरीका अनुसार सोमबार बिहानसम्म ज....
काठमाडौं, असार ३० : पाचँ दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ। प्रहरीका अनुसार सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ।
त्यस्तै, ३० जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार बेित्ता हुनेमा १२ महिला र १८ पुरुष रहेका छन्। उनीहरूको खोजी भइरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका एसपी रमेश थापाले बताए।
यस्तै, बाढी र पहिरोमा परेर २८ जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाले आएको बाढी र पहिरोमा परि ठूलो जनधनको क्षेति भएको छ। अहिले उद्धार र वेपत्ताको खाजी कार्य जारी रहेकाले भौतिक क्षतिको विवरण संकलन गर्न नसकिएको गृह मन्त्रालयले जनाएको छ।
बाढी र पहिरोबाट ललितपुर, काभ्रे, भोजपुर, इलाम, ओखलढुंगा, खोटांग, सिन्धुली, रामेछापलगायत जिल्ला प्रभावित भएका छन्। त्यस्तै, बाढी र डुबानबाट तराइका सप्तरी, बारा, पर्सा, रामेछाप, रौतहट बढी प्रभावित भएका छन्। ति जिल्लामा उद्धार तथा राहत वितरण भइरहेको जनाएको छ।
राहतका लागि सबैभन्दा पहिले सुरक्षित वासस्थान, खाना, स्वास्थ्य, सुरक्षा, खानेपानी, संरक्षण, शौचालय, लुगाकपडाको आवश्यकता परेकाले यसको स्थानीय स्तरबाटै व्यवस्थापनको काम भइरहेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले सुरक्षा निकाय, बिपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकारवालासँग समन्वय गरेर उद्धार र रातह वितरण गरिरहेको उनले बताए।