कोरोनाबाट गण्डकी प्रदेशमा एकैदिनमा १२ जनाको मृत्यु
काठमाडौं, साउन ३१ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेको संख्या यो असार दोस्रो...
काठमाडौं, साउन ३१ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेको संख्या यो असार दोस्रो सातायताकै सबैभन्दा बढी हो ।
शनिबार मात्रै गण्डकीका १० संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा नवलपुरका ५, स्याङ्जाका ५ र कास्कीका ३ जना छन् ।
यो सँग गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १९२ पुगेको छ । यस्तै गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा ३३२ जना संक्रमितले कोरोना जितेका छन् ।
प्रकाशित मिति: १९:०८ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












