Kathmandu Press

राहुलले छमछमी नचाए आँचललाई (भिडियो)

काठमाडाैं, असार २९ :  गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम 'राइजिङ्ग सन' मा रहेको एक गीतको भिडियो सार्वजनिक गरेका ....

राहुलले छमछमी नचाए आँचललाई (भिडियो)

काठमाडाैं, असार २९ :  गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम 'राइजिङ्ग सन' मा रहेको एक गीतको भिडियो सार्वजनिक गरेका छन्। युट्युवमार्फत रिलिज 'ओ प्रिय' बोलको गीतको भिडियोमा अहिलेका चर्चित दुई अनुहार अरुण क्षेत्री र आँचल शर्माको अभिनय छ।

आँचललाई एकोहोरो प्रेम गर्ने अरुण आँचललाई आफ्नो बनाउन कोशिस गरिरहेका देखिन्छन्। भिडियोको निर्देशन चर्चित कोरियोग्राफर तथा डान्सर राहुल शाहले गरेका छन् भने सम्पादन तथा छायांकन पवन सुस्लिङ्ग रहेको छ। 

गायक केसीको स्वर, संगीत तथा शब्द रहेको गीतमा मोहित मुनालको एरेञ्ज रहेको छ। गीतमा आफूले मन परेको मान्छेलाई प्रेमको अपिल गरिएको भाव समेटिएको छ। 'धेरै जसो किशोरहरुको मनोभावलाई महशुस गरेर गीत तयार पारेको हुँ', गायक केसीले भने,'आशा छ यो गीतले श्रोता-दर्शकको मन जित्नेछ।'

भिडियो हेर्नुस्: 

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, असार २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्