प्रदेश नं १ मा थप ६९२ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, साउन ३० : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।सात सय ८८ जनाको पिसीआर...
विराटनगर, साउन ३० : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
सात सय ८८ जनाको पिसीआर परीक्षण गर्दा २१५ र एक हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १०८ मध्ये विराटनगरमा २०, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा नौ, उदयपुरमा दुई, सङ्खुवासभा र भोजपुरमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ६४५ सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ३०७ महिला र ३३८ पुरुष छन्। सो अवधिमा तीन महिलासहित सात जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २०:१४ बजे, शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












