भरुवा बन्दुकसहित एक जना पक्राउ
पाल्पा, साउन ३० : रिब्दिकोट गाउँपालिका ६ तल्लो तालका ५६ वर्षीय कर्ण बहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ। लम्तरीलाई प्रहरीले १ थान भरुवा...
पाल्पा, साउन ३० : रिब्दिकोट गाउँपालिका ६ तल्लो तालका ५६ वर्षीय कर्ण बहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ। लम्तरीलाई प्रहरीले १ थान भरुवा बन्दुकसहित शुक्रबार साँझ पक्राउ गरेको हो।
उनले आफ्नै घर नजिकै रहेको मकैबारीमा आएको स्याललाई हानेको भरुवा बन्दुकको गोली लागेर उनकै छोरा ३९ वर्षीय धन बहादुर लम्तरीको घटनास्थलमै मृत्यु भएको थियो। उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९:५७ बजे, शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)