Kathmandu Press

बाढीपहिरो पीडितका लागि राहत वितरणमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन

वीरगञ्ज, असार २९  : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी र पहिरो पीडितहरुका लागि राहत वितरणमा जुट्न निर्देशन दिएका छन्। 

....
बाढीपहिरो पीडितका लागि राहत वितरणमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन
फाइल

वीरगञ्ज, असार २९  : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी र पहिरो पीडितहरुका लागि राहत वितरणमा जुट्न निर्देशन दिएका छन्। 

आइतबार विपद व्यवस्थापनबारे सुरक्षा निकायसँगको छलफलमा मुख्यमन्त्री राउतले उद्दारपछि राहत वितरणको कामलाई प्रभावकारी बढाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन्।

Hardik ivf

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेश २ मा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्री राउतलाई जानकारी गराएका थिए। विपद् व्यवस्थापनमा खटिएको सुरक्षा निकायका लागि लाइफ ज्याकेट, सोलार चार्जर उपकरण, रबर बोट लगायतको उद्दार सामग्रीको व्यवस्थापन गर्नु  सुरक्षा निकायका प्रमुखहरुले मुख्यमन्त्री राउतलाई आग्रह गरेका थिए।

बैठकमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी, मन्त्रालयहरुका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरु सहभागी थिए।

प्रदेश सरकारले यसअघि हिजो नै राहत वितरणका लागि आठै जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०-१० लाख दिने र मृतकका परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ।
 

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, असार २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्