Kathmandu Press

१३ मृतकका परिवारलाई ५ हजारका दरले किरिया खर्च

१३ मृतकका परिवारलाई ५ हजारका दरले किरिया खर्च

सिन्धुपाल्चोक, साउन ३० : चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चबापत ५ हजार उपलब्ध गराउँदै आएको छ। 

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख अमानसिंह तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा २० लाख विनियोजन गरेको जानकारी दिए।

प्रकाशित मिति: १५:३३ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्