गण्डकी प्रदेशमा थपिए ४७४ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु
काठमाडौं, साउन २९ : गण्डकी प्रदेशमा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २२३ जनामा गरिएको...काठमाडौं, साउन २९ : गण्डकी प्रदेशमा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २२३ जनामा गरिएको नमूना परिक्षणमा ४७४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये २३८ महिला र २३६ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
जसअनुसार कास्की १५१ बागलुङ ५१, स्याङ्जा ६१, म्याग्दी १७, पर्वत ३,गोरखा ५४, लमजुङ १८ तनहुँमा १७ र नवलपुरमा ६५ जनामा संक्रमण देखिएको हो। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ९८९ पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा हालसम्म ६७ हजार ५१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा शुक्रबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६०९ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३०३ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।