Kathmandu Press

बलिउड अभिनेत्री अमिशा पटेल नेपालमा

काठमाडौं, असार २९ : बलिउड अभिनेत्री अमिशा पटेल नेपाल आएकी छिन्। शनिबार साँझ नेपाल आइपुगेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छिन्। 

बलिउड अभिनेत्री अमिशा पटेल नेपालमा

काठमाडौं, असार २९ : बलिउड अभिनेत्री अमिशा पटेल नेपाल आएकी छिन्। शनिबार साँझ नेपाल आइपुगेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छिन्। 

नेपाल आउनु अघिका केही तस्वीर र नेपाल आइपुगेको सानो भिडियो पनि सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

विमानस्थलमा अमीषा पटेल।

उनले नेपालमा गरिएको स्वागत कार्यक्रम राम्रो भएको र आइतबार राति हुने कार्यक्रम रमाइलो बनाउनका लागि आग्रह गरेकी छन्।

उनी पहिलो पटक सन् २०१५ मा नेपाल आएकी थिइन्। त्यो बेला अमिशाको बोल्ड प्रस्तुतिले माहोल तातिएको थियो। उनी पहिलो पटक नेपाल आउँदा क्यासिनो प्याराइडको अन्तर्राष्ट्रिय ओपनिङ कार्यक्रम राखिएको थियो। उनी त्यसमा सहभागी भएकी थिइन्।

पहिले जस्तै यस पटकको नेपाल आगमन पनि गोप्य राखिएको छ। उनको कार्यक्रमबारेमा धेरै जानकारी दिइएको छैन।

उनले नेपालमा स्वागतको लागि धन्यवाद दिएकी छन्। उनले भनेकी छन्, ‘हिजो रातिको स्वागतका लागि धन्यवाद नेपाल। आजको कार्यक्रमम भव्य बनाउनुपर्छ।'

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ameesha Patel (@ameeshapatel9) on

 

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, असार २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्