Kathmandu Press

नगरपालिकाले मेलम्ची बाढी प्रभावितलाई रकम दियो 

नगरपालिकाले मेलम्ची बाढी प्रभावितलाई रकम दियो 
Hardik ivf

सिन्धुपाल्चोक, साउन २९ : मेलम्ची नगरपालिकाले राहत स्वरुप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार रकम जम्मा गरिदिएको छ। नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए।

मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, लक्ष्मी, सिन्धु विकास बैंकका साथै अन्य बैंकमा प्रभावितको रकम जम्मा गरिदिएको मेलम्ची नगरपालिकाले जानाएको छ। नगरपालिकाभित्रका प्रभावित वडाबाट प्राप्त विवरणको आधारमा रकम जम्मा गरिएको लेखा अधिकृत पुडासैनीले बताए। उनले केही प्रभावितको खातामा रकम जम्मा गर्न अझै बाँकी रहेकाले छिट्टै नगरपालिकालाई उपलब्ध गराएको खातामा रकम जम्मा गरिदिने जानकारी दिए। केही पीडितको गुनासो तथा छुटपुट भएको खण्डमा प्रभावितलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र गराउन आग्रह गरिएको छ। 

प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्