Kathmandu Press

दोलखाको  वोच प्रहरी चौकीमा आगलागी

दोलखाको  वोच प्रहरी चौकीमा आगलागी

चरिकोट, साउन २९ : दोलखाको भीमेश्वर नगरपालिका-८ वोचमा अवस्थित प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ।

सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो।

आगलागीबाट  टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए। 

भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्