Kathmandu Press

माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, असार २९ : माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले आज सूचना जारी गदैं साउन ६ देखि ऋणपत्र निष्कासन गर्न ला....

माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, असार २९ : माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले आज सूचना जारी गदैं साउन ६ देखि ऋणपत्र निष्कासन गर्न लागेको जनाएकाे छ।

बैंकले निष्कासन गर्ने ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणको लागि पहिलो चरणमा साउन ९ गतेसम्म निष्कासन गर्ने भएको छ। पहिलो चरणमा बिक्री नभएमा भदौ ३ गतेसम्ममा बिक्री गर्ने समय तोकेको छ।

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँको दरमा सर्वसाधारणको लागि १२ लाख कित्ता निष्कासन गर्ने छ। सर्वसाधारणतर्फको ६० हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याइएकोमा ३० हजार कित्ता मात्रै खरिद गरेका छन ।  बैंकले १०.२५ प्रतिशत व्याजदरमा ‘माछापुच्छ्रे डिबेन्चर २०८५’निष्कासन गर्ने भएको हो।

सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवदेन दिन पाउने छन्। आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरबाट अनलाइन आवेदन  दिन सकिनेछ।

ऋणपत्र निष्कासनका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार बैंकले प्रयाप्त मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको छ।

 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, असार २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्