Kathmandu Press

गण्डकीमा थप ७ को मृत्यु, ६५४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थप ७ को मृत्यु, ६५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २८ : गण्डकी प्रदेशमा थप ६५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६५४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये ३२४ महिला र ३३० जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ ।

Hardik ivf

केन्द्रका अनुसार कास्की २५५, बागलुङ ९७, स्याङ्जा ५८, म्याग्दी १२, पर्वत २२,गोरखा ३९, लमजुङ ६ तनहुँमा १०२ र नवलपुरमा ६३ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ५१५ पुगेको छ । यस्तै, गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १६१ जना पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म ६६ हजार ९०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ३३२ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४४७ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  
 

प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्