Kathmandu Press

चार सीमानाकामा स्वास्थ्य सहायता कक्ष राखिने

मार्तडी, साउन २८ : जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने सम्भावना देखाउँदै सङ्कट व्यवस्थापन तथा कोभिड–१९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिको बुधबार बसेको बैठकले जिल्लाका...
चार सीमानाकामा स्वास्थ्य सहायता कक्ष राखिने

मार्तडी, साउन २८ : जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने सम्भावना देखाउँदै सङ्कट व्यवस्थापन तथा कोभिड–१९ रोकथाम नियन्त्रण व्यवस्थापन समितिको बुधबार बसेको बैठकले जिल्लाका चार ठाउँका सीमानाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) राख्ने निर्णय गरेको छ।

समितिले १४ बुँदे कार्यविधि पारित गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपाउनका लागि र कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने सम्भावनालाई न्यूनीकरण गर्नका लागि कार्यविधि बनाएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

Hardik ivf

जिल्ला बाहिरबाट स्वास्थ्योपचार नै नगरी  भित्रिनाले कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै तेस्रो लहर फैलिन प्रथम चरणमा इकडी गाड, कोल्टी विमानस्थल, जुड्डी र धुलाचौर नाकामा भदौ १ गतेदेखि  कक्ष स्थापना गरी जाँच गरिने भएकाले बिहान ६ देखि साँझ ७ बजेसम्म मात्रै सवारी साधन सञ्चालन गर्न पाइने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले राससलाई जानकारी दिए। सीमानाकामा औषधिसहित चिकित्सकको टोली राखिने भएको छ।

त्यस्तै मास्क नलगाउनेलाई रु १०, चेतना भएर पनि मास्क नलगाउनेलाई रु १०० र अनिवार्य मास्क अभियानमा असहयोग गर्नेलाई रु २०० देखि ५०० सयसम्म जरिवाना गरिने भएको छ। भदौ १ गतेबाट जिल्लामा कुनै पनि सभा, सम्मेलन, प्रतियोगिता, पूजापाठ, मेला, उत्सव आयोजना गरी भेला गर्न नपाइने भएको छ। होटल व्यवसाय पनि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । जिल्लामा कोभिड–१९ को तेस्रो लहर डेल्टा भेरियन्टको उच्च जोखिम रहेकाले सबैले सचेत भइ आ–आफ्नो स्थानबाट महामारी नियन्त्रणमा सहयोग गर्न समितिको बैठकले आग्रह गरेको छ।

१४ कार्यविधि

जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले गर्नुपर्ने काम, कर्तव्य खुलाई पारित गरिएको कार्यविधिमा अनिवार्य मास्क अभियान सञ्चालन, यातायातका साधन आवतजावत र होटल रेष्टुरेन्ट अन्य पसल÷व्यवसाय खोल्ने समयसीमा लागू गर्ने, मेला, जात्रा, खेलकुदलगायतमा भीडभाड गर्न नपाइने, विद्यालय पठनपाठन संक्रमण नियन्त्रण नभएसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्ने, नाकामा हेल्थ डेस्क स्थापना गर्नेजस्ता विषय समेटिएको छ । यसैगरी सीमानाकामा हेल्थ डेस्क राख्ने स्थान, हेल्थ डेस्कमा खटिने कर्मचारीलाई प्रोत्साहन, एन्टिजेन किट प्रबन्ध, कोभिड–१९ को परीक्षणको दायरा बढाइने भएको छ।
 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्