Kathmandu Press

भिरबाट लडेर एकको मृत्यु

भिरबाट लडेर एकको मृत्यु

उदयपुर, साउन २८ : उदयपुरको रौतामाई गाउँपालिका–८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतामाई गाउँपालिका–८ डिल्लीबरगाउँका ३० वर्षीय चन्द्रबहादुर रिखाम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Hardik ivf

पुवाँरेबाट घर जान डिल्लीबरतर्फ लाग्दा अग्लो भिरबाट लडेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।

आज बिहान स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी रौताको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरी स्वास्थ्य परीक्षणका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ।

मृतक मगर राति कुन समयमा किन र कसरी लडे भन्ने विषयमा  प्रहरीले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकृत वेदप्रसाद गौतमले बताए।रासस

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, साउन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्